आजको मौसम


काठमाडौं, १० चैत । मौसम महाशाखाका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो 

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि भू(भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकि प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


प्रकाशित मिति : २०७७ चैत्र १०, मंगलवार

धेरै पढिएको

ताजा समाचार