आजको मौसम


काठमाडौं, ११ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । अहिले देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसोस् सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू–भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीस् देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शस्
देशको पहाडी भू—भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू—भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडि भू—भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०७७ चैत्र ११, बुधबार

धेरै पढिएको

ताजा समाचार