काठमाडौं– भारतमा कोरोना संक्रमणको गति तिब्र रुपमा बढेसंगै नेपालमा उच्च सतर्कता अपनाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
भारतमा पछिल्ला दिनहरुमा संक्रमितको संख्या डरलाग्दो तरिकाले बढेसंगै अधिकांश राज्यहरुले कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागू गर्न थालेका छन् ।
भारतमा संक्रमण बढेपछि खुला सिमानाका कारण नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्ने देखिएपछि नेपाल सरकारले सिमा नाकाका कडाइ गर्ने निर्देशन दिइसहेको छ ।
यसैबीच, कोरोना संक्रमणको बढ्दो जोखिमलाई लक्षित गर्दै आज कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी ९सिसिएमसी० को बैठक बस्ने भएको छ ।
आज बस्ने उक्त बैठकले ठूला सभा, सम्मेलनमा रोक लगाउनुका साथै यही आइतबार तथा सोमबारको होली समेत नमाउन निर्देशन दिने सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै भिडभाड हुने सभा तथा सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा नजाने निर्णय गरिसकेको बताइनछ ।
ठिक एक वर्षअघि सरकारले आजैका दिन अर्थात चैत ११ गतेदेखि नेपालमा लकडाउन लागू गरेको थियो ।
भेला भएर होली खेल्न नपाईने

प्रकाशित मिति : २०७७ चैत्र ११, बुधबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal