मेलम्चीको पानी आईतबारदेखि काठमाण्डौ उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । वितरणको पहिलो दिन ४ करोड, अनि त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने सचिवज्युले जानकारी दिनुभयो ।
मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाईपलाईन फ्लस गर्दै धोबीखोलामा खसालिएको छ ।
अहिले काठमाण्डौ उपत्यकावाशीको धारामा मेलम्चीको पानी ल्याउन द्रुत रुपमा काम भैरहेको छ ।
खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गर्नुभएको छ ।
आईतबारदेखि उपत्यकावाशीको घरघरमा मेलम्चीको पानी ।

प्रकाशित मिति : २०७७ चैत्र १४, शनिबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal