शरीर स्वस्थ राख्ने फलफूल


खानपानमा ध्यान नदिँदा धेरै नै हानी हुनेगर्दछ, त्यसैले शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ।

आज यहाँ स्वस्थ जीवन लागि आवश्यक पर्ने केही फलफूलबारे जानकारी दिन लागिएको छ ।

लसुन
शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनको लागि लसुन एकदम फाईदाकारी छ त्यसैले लसुनले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । लसुनको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न तथा एन्टीएजिंग प्रक्रियामा समेत सहयोग मिल्छ ।

कागती
शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने अर्को फईदाकारी फल हो भिटामिन सी युक्त कागती विभिन्न किसिमका एलर्जीबाट बचाउनका लागि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यो फलले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।

अनार
शरीरमा रगतको कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले छाला समेत स्वस्थ रहन्छ । अनारमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ ।

ग्रीन टी
ग्रीन टीले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्नमा सहयोग गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गरर्नुका साथै यसले कोलेस्ट्रोललाई समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

ब्रोकाउली
ब्रोकाउलीमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ त्यसैले ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्नुका साथै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ ।

जौ
जौमा चेरै नै मात्रामा फाइबर पाइन्छ । यसकारण कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक छ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

गेडागुडी
एन्टीएजिंग निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुनुका साथै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ ।


प्रकाशित मिति : २०७७ चैत्र १५, आईतवार

धेरै पढिएको

ताजा समाचार