नेपाली सेनालाई भारतीय सेनाले कोरोना भाइरसविरुद्धको एक लाख डोज खोप उपहारमा


नेपाली सेनालाई भारतीय सेनाले कोरोना भाइरसविरुद्धको खोप उपहारमा स्वरुप एक लाख डोज खोप दिएको छ ।
भारतीय सेनाले नेपाली सेनालाई उक्त खोप आइतबार बेलुकी दिएको हो । यसअघि पनि भारतले नेपाललाई पहिलो चरणमा दश लाख डोज खोप निःशुल्क उपहार दिएको थियो ।
त्यसपछि भने नेपालले २० लाख डोज किनेको छ ।त्यसमध्य १० लाख डोज आइसके छ भने अर्को १० लाख डोज आउन बाँकी रहेको छ ।
नेपालले फ्रन्टियर, संचारकर्मी, कुटनीतिक नियोगका कर्मचारी, नेपाल सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र ६५ वर्षमाथिका सबै नागरिकलाई पहिलो डोज दिएको थियो ।
दोस्रो डोज भने बैशाख ७ देखि दिने कार्यक्रम रहेको नेपाल सरकारले जनाएको छ ।


प्रकाशित मिति : २०७७ चैत्र १६, सोमबार

धेरै पढिएको

ताजा समाचार