महोत्तरीमा ८ जना किशोरी बेपत्ता, गाँउ नै त्रसित


महोत्तरीको जिल्लाको भंगहा नगरपालिका–८ की ८ जना किशोरीहरु बेपत्ता भएका छन् । हिजो २ बजे घांस काट्न गएका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवार सदस्यले बताएका छन ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् ।

किशोरीहरु बेपत्ता भएको खबरले अहिले गाउँ नै त्रतिस अवस्थामा छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्थानीयको साथ लिई किशोरीको खोजी कार्यमा जुटेको बताएको छ ।


प्रकाशित मिति : २०७७ चैत्र १८, बुधबार

धेरै पढिएको

ताजा समाचार