गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा चैत १७ गते दर्ता भएको छ र कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते उक्त कम्पनीलाई दर्ता प्रमाणपत्र पनि दिएको हो ।
सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुनेछ ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने बताइएको छ । ८५ प्रतिशत गैरआवासीय नेपालीका निम्ति आईपिओ निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा कम्पनीको छ ।
विश्वभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनेछन् ।