बंगलादेशमा कोरोना संक्रमण बढदै गएकोले एक साताको लागि बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले सोमबार वा मंगलबारदेखि लकडाउन हुन सक्ने बताएका छन्। लकडाउनको औपचारिक घोषणा गर्न बाँकी समय भएकोले त्यसको तयारी गर्न समय दिएका छौ, राज्यमन्त्रीले बताएका छन ।
आपतकालीन सेवालाई निरन्तरता दिने गरी सोमबारदेखि लकडाउन हुने मन्त्री हुसैनले बताए। पछिल्लो सातादेखि बंगलादेशमा तिव्र रुपमा संक्रमण बढिरहेको छ।