एक नेपाली किशोर आशिष प्रसाईले सानै उमेरमा आयरल्याण्डमा उत्कृष्ट अर्वाड हात पार्न सफल भएका छन् ।


एक नेपाली किशोर आशिष प्रसाईले सानै उमेरमा उत्कृष्ट अर्वाड हात पार्न सफल भएका छन् ।

गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईका छोरा समेत रहेका आशिष प्रसाईले सानै उमेरमा उत्कृष्ट अर्वाड हात पार्न सफल भएका हुन् ।

आयरल्याण्डकोFresh international film festival   मा उनले निर्देशन गरेको छोटो फिल्म Ireland young film maker of the year 2021 को”RTE factual AWARD of for the best documentary” को उपाधी प्राप्त गर्न सफल भएका हुन् ।

अमेरिका, युरोप आयरल्याण्ड लगायत अन्तराष्ट्रिय प्रतिष्प्रदामा उत्रिएका आशिषले प्रथम स्थान प्राप्त गर्नु सबै नेपालीको लागि गौरबको कुरा रहेको एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष राजन काफ्ले बताउँछन् । ‘हामी नेपालीहरुको शिर उच्च भएको महसुस भएको छ ।’ काफ्ले भन्छन् ।

आयरल्याण्डमा बस्ने नेपाली समुदायहरु तथा आयरल्याण्डका विभिन्न समाचार संस्थाहरुले पनि उनको यो डकुमेन्ट्री फिल्मलाई अत्यन्तै मह्त्वका साथ प्रसारण गरिरहेका छन् । साथै सम्पूृर्णले बधाई तथा शुभकामना पनि व्यक्त गरिरहेका छन्। साथै एक नेपालीको छोराले सानै उमेरमा प्राप्त गरेको यो सफलतालाई आयरल्याण्डस्थित विभिन्न नेपाली संघसस्थाहरुले पनि बधाई दिईरहेका छन् ।
एक नेपाली किशोर आशिष प्रसाईले सानै उमेरमा आयरल्याण्डमा उत्कृष्ट अर्वाड हात पार्न सफल भएका छन् ।


प्रकाशित मिति : २०७७ चैत्र २२, आईतवार

धेरै पढिएको

ताजा समाचार