कोरोना भारतमा तिव्र रुपमा फैलिन थालेपछि नेपाल फर्किने नेपालीको लर्को, नेपालमा जोखिम


भारतको विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि घर फर्कने क्रम बढेको छ ।

सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाली नेपाल भित्रिइरहेका छन् । नेपाल भित्रिरहेकाहरुमध्ये कतिपयमा जाँचचेक गर्दा कोरोनाको संक्रमण देखा परेको छ । दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरबाट नेपाल भित्रिइरहेकाहरुबाट सुदूरपश्चिमका समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ ।

गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो ।

मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाउँदा र परिवारमा बालबच्चाको पेट पाल्नै समस्या भएपछि भदौदेखि पुनः भारततिरै लागेका थिए।


प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार

धेरै पढिएको

ताजा समाचार