जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार बिहान देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली हुनेछ ।
देशको बाँकी भू–भागमा तुवाँलोको प्रभाव रहे पनि मौसम भने सफा रहेको छ तथा दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागको भनाइ छ।
राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत छ ।
आजको मौसमको जानकारी

प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal