नयाँ निर्देशिका ल्याई सवारीचालक अनुमतिपत्रका लागि केही सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको हुनाले यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्।
‘यसअघि भने सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक ९ट्रायल० परीक्षामा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’ उनले भने, ‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं।’ कोभिड–१९ का कारण १० महिना ठप्प भएको थियो तथा १० महिनासम्म अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुँदा करिब ७ लाख सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भरेका छन्।