आजको मौसम


मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
आज पहाडी भू(भागका एक(दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पछि मेघगर्जन रचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू–भागमा तुँवालोको असर रहने छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।


प्रकाशित मिति : २०७७ चैत्र ३१, मंगलवार

धेरै पढिएको

ताजा समाचार