आज नयाँ बर्ष धुमधामसँग मनाउदैं


आजबाट २०७८ साल सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हामी नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छौं ।
गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् ।
नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

 


प्रकाशित मिति : २०७८ बैशाख १, बुधबार

धेरै पढिएको

ताजा समाचार