रसुवामा टिपर दुर्घटना भएको छ । राम्चे स्याउबारीनजिकै गए राति टिपर भीरबाट खसेर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
कालिका गाउँपालिका १, ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिपर राति भीरबाट खसेको प्रहरीले जनाएको छ । टिपर दुर्घटनामा गम्भिर घाइते भएका दुई जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।
ज्यान जानेमा २७ वर्षीय राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ रहेका छन् ।