आफ्नै नामको सिम कार्ड किन चाहिन्छ, थाहा पाईराख्नुस


उमेर पुगेका प्रायः सबैसँग अहिले मोबाइल छ । अनि फोन नम्बर नै व्यक्तिको परिचय बनेको छ । बैंकिङ सेवादेखि सरकारका अनलाइन सेवा लिन अहिले आफ्नै नाममा सिमकार्ड हुन अनिवार्य भएको छ ।
यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्न वा अर्काको नाममा नामसारी गर्नुपर्छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम, एनसेल, स्मार्टसेलसहितका सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।
यसरी बैंक, अनलाइन भुक्तानी प्रणाली, ईमेल, सोसल अकाउन्टदेखि पछिल्लो समय सरकारी सेवा लिन आफ्नै नामको सिमकार्ड चाहिन्छ ।
हरेक सेवा अनलाइनमैत्री हुँदा त्यसअनुरुप आमनागरिक तयार हुन जरुरी हुन्छ । आफ्नो नाममा सिमकार्ड प्रयोग गर्दा सार्वजनिक सेवाको उपभोगमा धेरै सहज हुने देखिन्छ ।
सरकारले राष्ट्रिय परिचय पत्रलाई समेत व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउन लागेको छ । सिमकार्ड व्यक्तिको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले यसलाई सुरक्षाको हिसाबले पनि हेर्न थालिएको छ ।
त्यसैले दूरसञ्चार प्राधिकरणले विभिन्न समयमा सूचना जारी गर्दै सिमकार्ड आफ्नै नाममा दर्ता गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सेवा प्रदायकले पनि यसबारे आफ्ना प्रयोगकर्तालाई सजग गराउँदै आएका छन् ।
साभारः टेकपाना


प्रकाशित मिति : २०७८ बैशाख ३, शुक्रबार

धेरै पढिएको

ताजा समाचार