संगीतकार शर्मा र निर्देशक चौधरी मिलेर ल्याए थारु भाषाको अहिलेसम्मकै दमदार गीत ‘मै बन बु राजा तु बन बो रानी’


काठमाडौँ।थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन्।जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी।

निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ।

चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग खुलाएका छन् । आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय रहेको छ।सकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ।जसको निर्माताका रुपमा निरज र चंन्दी चौधरी रहेका छन्।


प्रकाशित मिति : २०७८ बैशाख ४, शनिबार

धेरै पढिएको

ताजा समाचार