थुप्रै सफल र हिट म्युजिक भिडियो दर्शक श्रोतामाझ दिन सफल निर्देशक रायन कार्की गायनमा पनि उतिकै सकृया छन ।
‘खुश्बु’ एल्बममा समाबेश गरिएको उक्त गीतमा स्वयम कार्कीको स्वर तथा निर्देशन रहेको छ ।
निर्देशन कि गायन भन्ने प्रश्नमा कार्की भन्छन ‘दुवै एकै सिक्काको दुई पाटा हुन, कहिले एउटा पल्टिन्छ कहिले अर्को’ ।
यसै क्रममा गायक तथा निर्देशक रायन कार्कीले ‘जहाँ म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
सुरज प्रसाईको शब्द तथा संगीत रहेको गीतमा बाबु प्रधानको संगीत संयोजन रहेको छ ।
भिडियोमा अन्जु र कौशलको अभिनय तथा रोमान्स देख्न सकिन्छ ।
प्रस्तुत भिडियोलाई ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।