अमेरिकाको राजधानी वाशिंगटन डिसीमा ३ वटा सवारी साधन जबर्जस्ती खोस्ने र डकैती गर्ने किशोरलाई पक्राउ गरिएको छ । यसै हप्ता उक्त किशोरले डिसीको बेनिङ्ग छिमेकमा हातहतियार सहित चोरी गरेको आरोप लगाईएको छ ।
गत अप्रिल १६ का दिन उक्त १४ बर्षिय किशोरलाई सवारी साधन चोरी गर्ने र डकैती गर्ने अभियोग लगाइएको छ । प्रहरीले सवारी साधन चोरी र डकैती गर्ने मामलामा अन्य दुई जनालाई खोजी रहेको जनाएको समाचार डब्लु टि ओपी ले लेखेको छ ।
गत सोमबार अप्रिल १२ का दिन करिव ६:४६ मिनेटमा सांझमा एक पीडितलाई तीन जना आएर सवारी साधन लिनु भन्दा अगाडी पैसा समेत मागेका थिए ।
अर्को दिन मंगलबार ६:४८ बजे साँझ ३ जना संदिग्धहरुले त्यस्तै अर्कालाई जबर्जस्ति लिएर भागेका थिए ।
यसै गरि बुधबार करिव ६:२७ मिनेटमा अर्को स्थानमा डकैती गरिएको प्रहरीले बताएका छन् ।
प्रहरीहरुले तिनैवटाको अनुसन्धान गरि रहेको छ भने प्रहरीलाई खबर गर्नु भनि सूचना जारी गरेका छन ।