भारतको एक कोभिड अस्पतालमा आगलागी हुदाँ १३ जनाको मृत्यु


भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ।
आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो। आगलागी भएको अस्पताल मुम्बईबाट ७० किमीको दूरीमा रहेको छ।
बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने काम भइरहेको तथा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको बताइएको छ। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।
विद्युत् सर्ट भई आगो लागेको प्रारम्भिक अनुमान गरिए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : २०७८ बैशाख १०, शुक्रबार

धेरै पढिएको

ताजा समाचार