अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गीतमा बिशम आचार्यले संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा जाइना कुँवर,प्रभात पाल ठकुरी,सुष्मिता चौधरी फिचर्ड छन्। श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्।भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।