कोरोना संक्रमणबाट बलिवुडका संगीतकार श्रवण राठोरको निधन


काठमाडौँ । बलिवुडका सुपरहिट संगीतकार नदीम श्रवणको जोडीका श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएको छ ।
६६ बर्षिय श्रवणको गएराती मुम्बईस्थित एसएल राहेजा अस्पतालमा निधन भएको उनका छोरा संजीव राठोरले जानकारी दिएका छन् ।
बलिवुडमा १९९० को दशकमा संगीतकार नदीम श्रवणको जोडी सुपरहित रहेको थियो । चर्चित फिल्म आशिकीको संगीतबाट चर्चामा आएको यो जोडीले साजन, हम हे राही प्यारके, परदेस, राजा हिन्दुस्तानी जस्ट सुपरहित फिल्ममा संगीत दिएका थिए ।


प्रकाशित मिति : २०७८ बैशाख १०, शुक्रबार

धेरै पढिएको

ताजा समाचार