संविधानसभा सदस्य तथा नेपाली काँग्रेसकी नेतृ मोहम्मदी सिद्दिकीको कोभिडका कारण निधन


कोरोना संक्रमणबाट नेपाली काँग्रेसकी नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिवार बेलुकी निधन भएको छ । नेपालगञ्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो ।
कोभिड पुष्टि भएपछि गएको चैत २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उहाँको उपचार भैरहेको थियो । उहाँको स्वास्थ्य अवस्था विग्रदै गएपछि गत मंगलवारदेखि भेन्टिलेटरमा राखेर उहाँको उपचार भैरहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँलाई प्लाज्मा दिनुका साथै सबै प्रकारको उपचार विधि अपनाईए पनि जोगाउन नसकिएको डा. थापाले बताउनुभयो ।
मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको समग्र अधिकारको लागि लड्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकै कारण सिद्दिकीलाई संविधानसभाको सदस्य बनाईएको थियो ।


प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार

धेरै पढिएको

ताजा समाचार