मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरु


कोरोनाभाइरसले संसारलाई हैरान पारेको छ र प्रत्येक देशले संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको छ ।
नियम उल्लंघन गर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखले जरिवाना समेत तिर्नुपरेको छ ।
यसै क्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मास्क नलगाएकोमा १९० डलर जरिवाना तिरेका छन् ।
उनले सार्वजनिक स्थानमा गरिएको कार्यक्रममा मास्क नलगाएको पाइएको हो ।
त्यस्तै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले पनि फेसमास्क नगलाइकन सेल्फी खिचेको भन्दै ३५ सय डलरको जरिवाना लगाइएको छ । पिनेराले एक महिला प्रशंसकसँग मास्क नलगाई सेल्फी खिचेका थिए । पछि उनले माफी मागेका थिए ।
त्यस्तै नर्वे प्रहरीले त्यहाँकी प्रधानमन्त्री एर्ना सोल्बर्गलाई नियम तोडेको भन्दै २३ सय ५२ डलर जरिवाना तिराएको छ । उनले जन्मदिन मनाउनका लागि पारिवारिक जमघट गराएको र नियम उल्लंघन गरेको आरोप छ ।
उता बुल्गेरियाका प्रधानमन्त्री बोयोको बोरिसोभले कोरोना नियम तोडेको र मास्क नलगाएको भन्दै लगभग १३ हजार रुपैयाँ जरिवाना लगाइएको छ ।
एजेन्सी


प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार