देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भेगमा चट्याङसहित वर्षा


अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि वैशाख १८ गते शनिबार प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

वैशाख १९ गते आइतबार प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार