जेठ ६ गते हुने उपनिर्वाचनको मतदान स्थल र मतदान केन्द्र तोकियो


आगामी जेठ ६ गते हुने बागमति प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको लागि हुने उपनिर्वाचनकाे निर्वाचन आयोगले मतदान स्थल र केन्द्र तोकेको छ ।

निर्वाचन आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हाे ।

उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।


प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार

धेरै पढिएको

ताजा समाचार