संगीत सर्जक राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत ‘फुलबुट्टे सारी’ यतिबेला चर्चाको शिखरमा रहेको छ।मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्ष पछी एकाएक चर्चामा आयो।अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्।अनि सफलताको स्वाद पनि चाखेका छन्।यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी ‘बियोन्से’। नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गएको उनको तर्क छ। यो गीत ‘फुलबुट्टे सारी’ का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो ‘बियोन्से’ को चर्चा ।
उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्।’ल्यासी पाउ’ बोलको गीतमा राजनराज शिवाकोटी संग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।
अफ्रिकन गायिका ‘बियोन्से’ र राजनराज शिवाकोटीको ‘ल्यासी पाउ’

प्रकाशित मिति : २०७८ बैशाख २०, सोमबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal