कोरोनाका कारण बलिउड तथा टीभीका प्रख्यात कलाकार विक्रमजीत कंवरपालको मृत्यु


बलिउड तथा टीभीका कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण देहावसान भएको छ । उनी ५२ वर्षका थिए ।
अभिनेता बन्नुअघि उनी सेनामा मेजर थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए ।
उनले साहो, द गाजी अट्याक, रकेट सिंह लगायत चलचित्र र स्पेसल अप्स, अनदेखी लगायतका वेब सिरीजमा पनि काम गरेका थिए ।

एजेन्सी


प्रकाशित मिति : २०७८ बैशाख २०, सोमबार

धेरै पढिएको

ताजा समाचार