खाद्य र औषधि प्रशासन(एफडिए)ले १२ देखि १५ बर्ष सम्म उमेरकालाई फ़ाइजर-बायोटेकको खोपको अधिकार अर्थात् अनुमति अर्को हप्ता दिने भएको छ ।
फाइजरले किशोरावस्थामा परीक्षणको नतिजा घोषणा गरे देखि उत्सुक आमाबाबुले हप्ताहरू गन्न थालेका छन, वयस्कहरूमा जस्तै यो उमेर समूहमा यो खोप प्रभावकारी रहेको छ ।
बच्चाहरूलाई खोप दिनु प्रतिरोधात्मक क्षमताको स्तर बढाउन ,अस्पतालमा भर्ती हुने र मृत्यु हुनेहरूको संख्या कम गर्न पनि यो खोप महत्वपूर्ण छ।
यदि यो स्वीकृत भयो भने, रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी )का लागि खोप सल्लाहकार समूहसंग क्लिनिकल(रोग-विषयक) परीक्षण तथ्यांक समीक्षा गर्न र किशोर किशोरीहरूमा खोपको प्रयोगको लागि सिफारिसहरू गर्न अर्को दिन भेट गर्ने छन् ।
अमेरिकमा १० करोड भन्दा बढी वयस्कहरूलाई पूर्ण खोप लगाई सकिएको छ।