न्यूयोर्कमा एसियाली मूलकी ३१ बर्षिय महिला माथि अश्वेत महिलाले हतौडाले आक्रमण गरेकी छिन । उक्त घटना न्यूयोर्क शहरको म्यानह्याटनको एक मार्गमा घटेको हो भने उनीहरुले मास्क (मुखावरण )लगाएका थिए ।
उक्त आक्रमणकारी अस्वेत महिलाले मुखावरण लगाएकी थिइनन । पीडित महिलाका अनुसार उक्त महिलाले मास्क (मुखावरण)खोल्न भनेकी थिइन् । न्यू योर्क शहर प्रहरी विभागले संदिग्ध उक्त आक्रमणकारी महिलाको खोजी गरि रहेको छ । ३१ बर्षिय उक्त पीडित महिला अर्की महिलासंग शहरको मध्य भागमा हिडी रहेको अवस्थामा अचानक आक्रमण गरेको न्यूयोर्क शहर प्रहरी विभागले जनाएको छ ।
३१ बर्षिय र २९ बर्षिय दुई एसियाली महिलाहरु सडकको पेटीमा हिड्दा गत मे २ का दिन आक्रमणमा परेका हुन । पीडित महिलाले आफ्नो थर भने नदिई आफ्नो प्रथम नाम थेरेसा भएको बताइन ।
उनका अनुसार उक्त आक्रमणकारी महिला एक्लै बोलेको या पर्खाल संग बोली रहेको र शायद मादक पदार्थ लिएको जस्तो उनलाई लागेको बताइन । पीडित महिला न्यू योर्क सन् २०१९ मा स्नातकोत्तर अध्ययनको लागि आएकी हुन् ।
उनि महामारी सुरु भए पछि ताइवान आफ्नो मातापितासंग बस्न गएकी थिइन् । उनि गत महिना मात्र न्यू योर्क फर्केकी र काम खोजी गरि रहेकी थिइन् ।
थेरेसाले आफ्नी आमाले सावधान हुनु र एसियाली व्यक्तिहरु माथि अपराध भै रहेको उनले बताइन ।