पहिलो चरणमा वैशाख १८ गते राति १२ बजेदेखि सात दिनका लागि विराटनगरपालिका लगायतका क्षेत्र क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधज्ञा लागु गरेको जानकारी दिनुभयो।
उहाँले निषेधज्ञा लागु गरिएपनि आमनागरिकलाई खाद्यान्न सामग्री उपलब्ध गराउन बिहान ६ बजे देखि १० बजेसम्म सामाजिक दूरी कायम र स्वास्थ्य आचार संहिता पालना गराउँदै उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिँदै जिल्लामा अहिले नै अत्तिने अवस्था नरहेको र कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक पर्ने अक्सिजन र उपचारको व्यवस्थामा कुनै कमी आउन नदिन विशेष ध्यान दिएको जानकारी दिनुभयो।
अति आवश्यक काम बाहेक कसैलाई पनि घर बाहिर हिँडडुल नगर्न प्रशासनले आमनागरिकलाई अनुरोध पनि गरेको छ।