वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको आफ्नै निवासमा निधन


वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको शुक्रवार राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ ।
विक्रम संवत् २०७२ सालदेखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासंग्रह र गीतिनाटक गरेर ७ वटा कृति प्रकाशित छन् ।
वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएका थिए ।

विक्रम संवत् १९८१ साउन ५ गते काठमाडौंमा जन्मिएका वैष्णवका पत्नी, ३ छोरा र ४ छोरी छन् ।
यसैबीच नई प्रकाशनले वैष्णवको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

रासस


प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार