ट्विटरद्वारा ट्रम्पका वक्तव्यहरू प्रकाशन गर्ने खाता निलम्बित


सामाजिक संजाल ट्विटरले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वक्तव्यहरू प्रकाशन गर्ने खातालाई निलम्बित गरेको छ ।

ट्विटरले बिहीबार मे ६ का दिन उक्त खाता निलम्बन गरेको छ । ट्रम्पले आफ्नो संजालस्थल (वेबसाइट)मा शेयर (साझा )गरेको सन्देशहरू यता पठाउदा पुन निषेध गरेको छ ।

ट्रम्प चुनावमा पराजित भए पनि हारलाई पल्टाउने प्रयास गरेका र बाइडेनलाई बन्चित गर्न संसदमा उनका समर्थकहरुलाई बिद्रोह गर्न उक्साएका थिए । जनवरी ६ को काण्ड पछि सामाजिक संजाल अधिकांशले उनलाई निलम्बित र प्रतिबन्धित गरेका छन् ।

मे ६ का दिन बिहीबार बिहान, ट्विटरमा “@DJTDesk” देखिएको थियो । उक्त प्रकाशन (पोस्ट )मूल रूपमा डोनाल्डजेट्रम्प / डेस्क मार्फत बनाइएको ट्वीटरले पत्ता लगाएको थियो । ।

उनले उक्त राखेको एक घण्टाभित्र खाता निलम्बित गरेको छ ।


प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार