बाल्टिमोरमा अराजक अस्वेत व्यक्तिको गोलीबाट एक नेपालीको निधन


मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा कूल ४ जना मृत्यु हुने मध्येका एक नेपालीको पहिचान भएको छ । उनको नाम पारिवारिक तथा नेपाली समुदायका अनुसार अन्दाजी २४(२५ बर्षका सागर घिमिरे भएको पुष्टि भएको छ ।
उनका नजिकका आफन्तका अनुसार उनि निकै प्रतिभावान,होनहार र महाबिद्यालयका स्वर्ण पदक प्राप्त बिद्यार्थी समेत रहेको बुझिएको छ । उक्त घटना बाल्टिमोर कै उप नगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करिव ६स्३० मा भएको थियो भने उक्त स्थान बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा रहेको छ । स्व घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए ।
बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरुलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी गराए पछि घटनास्थलमा ६स्४० बिहान पुगेका थिए । प्रहरीहरु त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ बर्षिय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको निधन भएको थियो ।
घरमा आगो लागे पछि बाहिर भाग्ने बित्तिकै उक्त उदण्ड व्यक्ति ब्राउनले घिमिरेलाई गोली र अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगवस अधिकारी बचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ । अन्दाजी २६ बर्ष भएका अधिकारी नेपाली सर्लाही घर भएको बुझिएको छ भने उनि न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन् ।
उनको यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर ९२२ ग्रीनी स्ट्रीटमा ०उपचार भैरहेको र अवस्था खतरा मुक्त भएको र भरखरै महावाणिज्य दुत प्रेमराजा महतले भेट्नु भएको र राजदुत डा. युवराज खतिवाडा पनि नियमित सम्पर्कमा रहनु भएको कुरा प्रवासी नेपाली मन्च अमेरिकाको अध्यक्ष प्रभु थापाले बताए ।
नेपाली बिद्यार्थी घिमिरेलाई गोली हानी हत्या गर्ने र अधिकारीलाई घाइते बनाउने बन्दुकधारी ब्राउन उटपट्याङ्ग,आक्रामक ,अराजक र अशान्त भएको छिमेकीले प्रहरीहरुलाई गुनासो समेत गरेका थिए ।
बन्दुकधारी सहित मृत्यु हुनेहरुमा ,नेपाली बिधार्थी घिमिरे ,२ स्पानेली मध्ये १ महिलाको पनि मृत्यु भएको थियो भने हाल सम्म प्रहरीले अन्यको नाम सार्वजनिक गरेको छैन ।
अहिले सम्म बाल्टिमोर काउन्टी प्रहरीले शव दिएको छैन भने अनुसन्धान चलि रहेको छ । स्व घिमिरेले साउथ क्यारोलाइनाको बिश्वबिद्यालयबाट स्नातक गरे पछि उनले थुप्रै जनालाई कृतज्ञता ज्ञापन गरेका छन् ।
घटना भए देखि बाल्टिमोरको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका९बाना०का अध्यक्ष सुबोध विलास पन्त तथा महा सचिव किरण ढकाल घटनास्थलमा पुगेका थिए भने अझ पनि ठूलो भूमिका निर्वाह गरि रहेका छन् । पन्त र ढकालका अन्तिम संस्कार र अन्य कार्य गर्न सम्भवत गो फन्ड पनि खोल्न सकिने सम्भावना रहेको बताए ।
यता प्रवासी नेपाली एकता मन्च अमेरिकाका सभापति प्रभु थापाले स्व घिमिरेका आफन्त र परिवारका नजिकका मानिसहरुसंग समन्वय गरि रहेका छन् ।अध्यक्ष पन्तका अनुसार एक नेपालीको घर पुरै धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताए । बन्दुकधारी संदिग्धले अन्य नेपालीहरु पनि खेदेको र भागेर ज्यान बचाएका थिए । प्रहरीको गोली लागि मृत्यु भएका ब्राउन छर छिमेकलाई बर्षौ देखि धम्कि दिने र सडकमा मानिस हिड्दा चिच्याउने गर्थे भनि अन्तर्वार्ता समेत दिएका थिए ।


प्रकाशित मिति : २०७८ बैशाख २७, सोमबार

धेरै पढिएको

ताजा समाचार