अमेरिकाका तीन राज्यहरू क्रमस जर्जिया, उत्तर भर्जिनिया र उत्तर क्यारोलाइनाले इन्धनको अभाव देखाउँदै सङ्कटकाल घोषणा गरेका छन् ।
गत शुक्रबार अमेरिकाको सबै भन्दा ठूलो इन्धन नली मार्गमा साइबर(साङ्गणिक )आक्रमण भए पछि अस्थायी रुपमा बन्द गर्न बाध्य भए पछि इन्धन आपूर्तिमा संकट देखिए पछि इन्धन चौकीहरुमा भिड लाग्न सुरु भएको छ ।
यी राज्यका सबै इन्धन चौकीहरुमा सवारी साधनका ताती लागेका छन् । कोलोनियल पाइपलाइन(नलीमार्ग)जुन टेक्ससको ह्युस्टनबाट दैनिक १० करोड ग्यालन पेट्रोल र अन्य ईन्धन न्यूयोर्कको बन्दरगाहमा परिवहन गर्दछ । साइबर(साङ्गणिक )आक्रमण भएको गत शुक्रबार पत्ता लगाएको र सञ्चालन रोक्न लगाएको थियो ।
कोलोनिएलले गत शुक्रबार “यो मामलालाई बुझ्न र समाधान गर्न कदम चालेको ” बताएको थियो । गत सोमबार सांझ नर्थ क्यारोलाइनाका गभर्नर रोय कुपरले इन्धनको संकटकाल घोषणा गरे पछि गत मंगलबार २ बजे भर्जिनियाका गभर्नर गभर्नर राल्फ नोर्थमले एक बिज्ञप्ति निकाली इन्धन संकटकालको घोषणा गरेका छन् ।
त्यसै गरि जर्जियाले पनि इन्धनको सम्भावित अभाव देखिने भए पछि संकटकाल घोषणा गरिएको छ । इन्धनको अभाव भए पछि एएएका अनुसार ६ बर्षमा पहिलो पटक राष्ट्रिय स्तरमा अहिले सम्म कै उच्च मूल्य प्रति ग्यालन २.९८५ डलर पुगेको समाचार सिएनएनले प्रकाशित गरेको छ ।
उनीहरुले इन्धनमा संकटकाल घोषणा गरेका हुन् ।