नेपाली मूलका दिवेश पोखरेल अर्थात अर्थर गन अमेरिकन आइडलबाट बाहिरिएका छन् । गत आइतबार नै उनि शीर्ष ५ मा पुग्न सकेनन । उत्कृष्ट सातौ मै उनि बाहिरिए ।
गत बर्ष २०२० को १८ औ सँस्करणमा उप बिजेता बनेका गायक तथा गीतकार पोखरेलले यस पटकको १९ औ संस्करणमा ज्यादै राम्रा प्रतियोगीहरुको सहभागिता भएको कारण मतदानमा पछाडी पर्दै अगाडी बढ्न सकेनन । उनलाई गत बर्ष झैँ मतदान दिएनन ।
अमेरिकन आइडलको १८ औ संस्करणमा नेपाली समुदायको ईतिहासमा सहभागी उनि पहिलो नेपाली मूलका गायक हुन् ।
अमेरिकन आइडलमा सबै भन्दा प्रथम खाता खोल्ने पोखरेल प्रतिभाशाली गायक र गीतकार पनि हुन् । २३ बर्षिय पोखरेल अन्तिम चरण पुग्न केवल २ हप्ता अगाडी बाहिरिनु पर्यो ।
गत बर्ष कोरोना महामारीका कारण यस वर्ष स्वर परीक्षण (अडिसन )प्रभावित बनेपछि अमेरिकी आइडलले गत वर्षका १० प्रतिस्पर्धीलाई फेरि मौका दिएको थियो । उनि यस पटक विजेता बन्ने सोच सहित अमेरिकन आइडलमा सहभागी भएका थिए ।
गत आइतबार उनले इन माइ प्लेस भन्ने गीत प्रस्तुत गरेका थिए । दिबेश पोखरेल काठमाडौँका हुन् भने उनि क्यानससको विचिटामा बिगत ७ बर्ष देखि बस्दै आएका छन् ।
दिबेशलाई पछाडी धकेल्दै अमेरिकन आइडलको शीर्ष पाचौमा ग्रेस किन्स्टर,विलि स्पेन्स,च्यासी बेक्हम,क्यासी बाइशप र क्यालेब केनेडी पुगेका छन् । उनीहरुले नयाँ आगामी मे १६ मा प्रस्तुति दिने छन् ।