अमेरिकाका लागि ठूलो दिन हो : बाइडेन


रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले मुखावरण मार्गनिर्देशनलाई सहज बनाए पछि राष्ट्रपति जो बाइडेनले अमेरिकाका लागि ठूलो दिन हो भन्दै खुशी व्यक्त गरे । राष्ट्रपति बाइडेनले बिहीबार संघीय सरकारको मुखावरण (मास्क) लगाउने सम्बन्धमा नयाँ मार्गदर्शनलाई “एक उत्कृष्ट कोशेढुंगा” को रूपमा मनाए।

“मलाई लाग्छ कि यो एक ठूलो कोशेढुंगा हो, एक महान दिन हो,” बाइडेनले मुखावरण नलगाई ह्वाइट हाउस रोज गार्डन(उद्यान)मा बाहिर निस्केपछि टिप्पणीको बेला भने। “यति धेरै अमेरिकीहरूलाई यति चाँडो खोप लगाउन पाएको असाधारण सफलताले यो सम्भव भएको हो।” उनले भने ।

अमेरिकीहरूले पहिले नै खोप लगाइसकेका छन् “कदम बढाए” र “मैले तपाईहरुको देशभक्तको कर्तव्य निभाएको ठाने ” बाइडेनले भने। “सरल सत्य यो हो: अमेरिकी जनताले कहिल्यै आफ्नो देशलाई कहिल्यै निराश पारेनन ।”

राष्ट्रपतिले अग्र पंक्तिमा काम गर्ने चिकित्सक ,स्वास्थ्य परिचारिका ,अमेरिकी सेना, अनुसन्धानकर्ता र औषधि कम्पनीहरूलाई धन्यवाद दिए । साथै उनले अमेरिकी जनतालाई पनि सराहना व्यक्त गरे।

“एक बर्ष भन्दा बढि सम्म तपाईले यति धेरै र यती धेरै रोजगारी र धेरै व्यवसाय गुमाउनु भयो, यति धेरै मानिसहरुको ज्यान गयो र धेरै महिनाहरु सम्म हाम्रा बच्चाहरु बिद्यालय जान सकेनन ।

तपाईले आफ्नो साथी वा परिवार देख्न सक्नु भएन । “जन्मदिन देखि विवाहको दिन देखि दिक्षान्त समारोह सम्मका सबै क्षणहरू सबै स्थगित भए। र, सबैभन्दा दुःखको कुरा मानिसले ज्यान गुमाए ,” उनले भने।


प्रकाशित मिति : २०७८ बैशाख ३१, शुक्रबार

धेरै पढिएको

ताजा समाचार