आज दिउँसो देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बांकी भु–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
त्यस्तै, राति देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहेने तथा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।