गैरआवसिय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा आज चितवनको रत्ननगर अस्पताललाई १० थान अक्सिजनको सिलिन्डर रु २ लाख पचार हजारमा खरिद गरेर हस्तान्तरण गरियो ।
हस्तान्तरण समारोहमा रत्नगर नगरपालिकाका मेयर नारायण वनलाई अक्सिजन सिलिन्डरहरु एनआरएनए सेसेल्सकी अनिता थापाले अफ्रिकाका गैरआवासिय नेपालीहरुका तर्फबाट हस्तान्तरण गरेकी थिइन । मेयर बनले अफ्रिकाका एनआरएनलाई यस बिषम अबस्थामा रत्नगरलाई सहयोग गरेकोमा आभार ब्यक्त गरेका थिए । रत्ननगर अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठलगाएत लगायत प्रबुद्ध ब्यक्तीत्वहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो । यो पुण्यकार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनएका पुर्व अध्यक्ष जीवा लामिछनेले थप अक्सिजन सिलेन्डर यस अभियान मार्फत रत्ननगर अस्पताललाई उपलब्ध गराउदै हुनुहुन्छ ।
चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गर्दै हुनुहुन्छ । एनआरएनए राष्ट्रिय समन्वय समिती सेसेल्स र घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरि रहेका छन । एनआरएनए अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले अक्सिजन नपाएर आपन्तहरुको ठूलो संख्या देशभर मृत्यु वरण गरिरहेको यो दुखद घडीमा थोरै भए पनि अफ्रिकाबासी नेपालीहरुका तर्फबाट सहयोग गर्न खोजी रहेका छौ भन्नू भयो ।
थापाका अनुसार आजभोलीमै कैलालीको टीकापुर , बाराको सिमरा लगायत पाल्पा गुल्मी , पुर्व नवलपरासी , स्याङ्जा, पर्सा र इलाम लगाएतका जिल्लाहरुमा अक्सिजन आपूर्तिको सहयोग हुदैछ । हिजो मात्र पश्चिम नवलपरासीको परासी अस्पतालमा साठी थान सिलिन्डर अक्सिजन हस्तान्तरण गरि सकिएको छ ।
संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रतेक दिन देशका विभिन्न अस्पताल हरुमा दुई सय भन्दा बढी नागरिकको ज्यान जानू बिडम्बना भएकोले संसारभरका एनआरएनले तत्काल आआफुले गर्न सक्ने अक्सिजन सिलिन्डर सहयोग अस्पतालहरुमा ढिलो नगरी पुर्याउन अनुरोध गरेका छन । अफ्रिकाका एनसीसीहरुको यो प्रशशनिय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई थापाले आह्वान समेत गरेका छन ।