बतास फाउन्डेसनको पहलमा गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट बनाउन सवा ३ करोड जुट्यो


पोखराको औद्योगिक क्षेत्रमा गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटामात्रै निजी कम्पनी छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बजारमा अक्सिजनको माग उच्च छ । अस्पतालले मागबमोजिम अक्सिजन दिन नसक्दा कोरोना संक्रमितका आफन्तीहरु उद्योगमै धाउन थालेका छन् ।

यी उद्योगले दैनिक १३ सय सिलिन्डर हाराहारीमा अक्सिजन उत्पादन गरिरहेको छ । तर, कतिपय अस्पतालले सिलिन्डर स्टक राखिदिँदा समस्या परिरहेको छ । अहिले अक्सिजनको अभावले पोखराका निजी अस्पतालले उद्योगमा २–३ दिनसम्म कुरेर अक्सिजन सिलिन्डरको जोहो गरिरहेका छन् । केही समयअघि दैनिक जम्मा ५०÷६० सिलिन्डरमात्रै जाने गरेकोमा अहिले दैनिक ५ सयभन्दा बढी खपत हुने गरेको ग्यास कम्पनीहरुले बताउँदै आएका छन् ।

अक्सिजनको बढ्दो मागलाई ध्यानमा राखेर गण्डकी प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा ग्यास प्लान्ट बनायो पनि । गोरखा र मनाङबाहेक अरु जिल्लामा सुरु पनि भइसक्यो । तर प्रदेशको राजधानी पोखरामा संघ सरकार मातहत रहेको अस्पतालमा ग्यास प्लान्ट अहिलेसम्म बनेको छैन । ग्यास प्लान्ट नभएकै कारण अक्सिजनको अभाव कारण ज्यान गुमाउनुपर्ने हो किरु भन्ने सर्वसाधरणले अड्कल काट्न थालिसकेका छन् ।

यो अभियानमा अहिलसम्म करिब सवा ३ करोड रुपैयाँ जुटिसेकेको छ । बतासले आफैं आबद्ध संस्थाबाट ५० लाख सहयोग गरेका छन्

अक्सिजन अभाव कै कारण धेरैले ज्यान गुमाइरहेका पनि छन् । पोखराकै १ प्रतिष्ठित व्यापारी कृष्णमान गुभाजूको पनि अक्सिजन अभावकै कारण मृत्यु भयो । यो खबरले बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पिरोल्न थाल्यो । अटो बजारमा नाम कहलिएका बतास कोरोना महामारीकै बीचमा पोखरा आएर बसेका छन् । हरेक क्षेत्रमा अक्सिजनको अभाव भएकै कारण बतासले समाजिक सञ्जालमा एउटा आह्वान पोस्ट गरे, ‘पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान स्थापना गर्न सहयोग जुटाऔं ।’
त्यही समयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भेटिए । निजी क्षेत्रबाट नै गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट जोहो गर्न आग्रह गरे । सरकारी क्षेत्रबाट टेन्डरमा खुलाएर बनाउँदा ६ महिनाभन्दा बढी लाग्ने कारण पनि मेयर जिसीले आफूलाई आग्रह गरेको उनले बताए ।

आफ्नो सोचसँग मेयरको कुरा मिलेपछि झन् हौसला मिल्यो बतासलाई । त्यसपछि २र४ जनालाई व्यवसायी साथीहरुलाई फोन हाने । सबैले सहयोग गर्ने भन्दै सहयोग रकम पनि बोेले । ‘सबैले सहयोग गर्ने प्रतिबद्धतासँगै सहयोग रकम दिन थालेपछि मसँग त झन्डै सवा करोड उठिहाल्यो,’ उनले भने, ‘अनि अब सानो स्केलले हुँदैन, ठूलो स्केलमा नै काम गर्नुपर्छ भने फेसबुकमा हाले, त्यसमा पनि राम्रो रेस्पोन्स आएको छ ।’ फेसबुकमा लेखेपछि १ डेढ करोड कुनै करकापबिना उठेको उनले जनाए । कसैले १ लाख, कोहीले २ लाखदेखि २५ लाखसम्मको सहयोग आएको छ,’ बतासले भने, ‘कतिले त १० हजार दिन लागेको लिने हो किरु नाइँ भन्नुभएको छ, मैले यो कामका लागि १ रुपैयाँ पनि लिन्छु ।’ शुक्रबारसम्म करिब पौने ३ करोड जम्मा भइसकेको उनले जानकारी दिए । बैंकको सिइओहरुलाई पनि फोन गरेको जनाउँदै त्यहाँबाट पनि लगभग १ करोड आउने अपेक्षा गरेका छन् । यसबीचमा बताससँग धेरै उद्योगी व्यवसायीहरु जोडिएका छन् ।

तत्कालका लागि करिब ५ करोड रुपैयाँ जुटाउने योजना उनीहरुको छ । ‘प्रति घन्टा १० देखि १५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न करिब ३ करोड चाहिने रहेछ,’ बतासले भने, ‘बाँकी रहेको प्रदेशकै अरु जिल्लामा सानो हस्पिटलमा प्लान्ट बनाउने लक्ष्य छ, नभए गण्डकी हस्पिटलमा त हाल्छौं, हाल्छौं ।’

भारतबाट अक्सिजन प्लान्टको सम्भावना नरहेका कारण अब चीनको भर रहेको बतासले जनाए । सोमबारभित्रमा कामको सुरुआत गर्ने पक्षमा रहेका कारण चीनबाट काम गर्ने गरी सम्बन्धित विज्ञहरुसँग निरन्तर संवादमा रहेको उनको भनाइ छ । चाँडो गर्नका लागि सरकारी अधिकारीहरुसँग पनि छलफल गरिरहेको बतासले बताए ।

कति जम्मा भयो त रु
यो अभियानमा अहिलसम्म करिब सवा ३ करोड रुपैयाँ जुटिसेकेको छ । बतासले आफैं आबद्ध संस्थाबाट ५० लाख सहयोग गरेका छन् । बतास फाउन्डेसनले २५ लाख दिने भएको छ ।

त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानांग, स्वर्गीय समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप पोखरा, सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन, बि रिभर माइनिङ प्रालि र अटोवेज प्रालि पोखराबाट २५÷२५ लाख रुपैया सहयोग घोषणा भएको छ ।

पोखराका कृष्ण श्रेष्ठबाट ५ लाख, सामाजिक संस्था नेलम्बो नेपालका तर्फबाट अध्यक्ष एकदेव देवकोटाले ३ लाख, स्वर्गीय कृष्णमान गुभाजुको स्मृतिमा कञ्चन क्यापिटलको तर्फबाट ३ लाख, लभ्ली हिल्स हाउजिङ प्रालि प्रस्र्याङको तर्फबाट अनील ताङ्वेबाट ३ लाख, व्यवसायी सोभितमान बुद्धाचार्य मोहरिया टोलबाट २ लाख, स्वर्गीय प्रेमप्रसाद लामिछाने र स्वर्गीय जनकमाया लामिछानेको नाममा उनका छोरा उत्तम लामिछानेबाट २ लाख ५ हजार ५ सय घोषणा भएको छ ।

होटल ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १ सय ११, भक्त बतास दमौली, पोखरा रामबजारका बैकुण्ठ रञ्जितबाट १ लाख, दिटीका इन्टरनेसनल प्रालि नयाँबजारबाट १ लाख १ रुपैयाँ, काठमाडौंका मनोज गुप्ताबाट १ लाख ११ हजार १ सय ११, टीका ग्रुपका अध्यक्ष टीका पौडेल, पोखरा विन्ध्यवासिनीका भीमराज रेग्मीले १÷१ लाख रुपैयाँ सहयोग घोषणा भएको छ । यसैगरी, अन्नपूर्ण गाउँपालिका २ सेराचौर निवासी नारायणप्रसाद अधिकारीबाट १ लाख, सुष्मा जोशीबाट ५० हजार, शीतलादेवीका पूर्णमान श्रेष्ठबाट २५ हजार, विश्वशंकर पालिखेबाट २५ हजार घोषणा भएको छ ।

माउन्ट कैलाश रिसोर्ट लेकसाइडका सञ्चालक नरेशबहादुर भट्टराईबाट १ लाख ५५ हजार, एभरेस्ट एफएमका प्रोमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंक प्रालिका सञ्चालक दीपक कार्कीबाट १ लाख ११ हजार १ सय ११, युनाइटेड क्लब पोखराबाट १ लाख १ हजार १ सय ११, घारीपाटनका अमर सापकोटाबाट १५ हजार ५ सय ५५, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलबाट १० हजार, कविता बानिया जिसीबाट १० हजार, नेकपा माओवादी केन्द्रका नेता सुमन देवकोटाबाट १० हजार घोषणा भएको छ ।

यसैगरी, इन्जिनियर मिलन केसी १० हजार, पत्रकार तथा अधिवक्ता विवि विष्टबाट ७ हजार ७ सय ७७, टंक पौडेलबाट ५ हजार, अधिवक्ता तारा शर्माबाट ५ हजार, प्राडा दिलबहादुर क्षेत्रीबाट ५ हजार, सुजन श्रेष्ठबाट ५ हजार, राजु पाण्डेबाट ५ हजार, पोखरा पस्र्याङका कृष्णप्रसाद बरालबाट ५ हजार ५, पोखरा ९ का विशेष केसीबाट ५ हजार, लेकसाइडका पदम पहारीबाट ५ हजार, आयरल्यान्डका पर्यटक जोन कुकबाट ५ हजार, सन्तोष त्रिपाठीबाट ५ हजार घोषणा भएको छ ।
बतास फाउन्डेसनको पहलमा गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट बनाउन सवा ३ करोड जुट्यो ।


प्रकाशित मिति : २०७८ जेष्ठ १, शनिबार

धेरै पढिएको

ताजा समाचार