न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु ,शृंखला खतिवडा प्रशिक्षक हुने


न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ ,शनिबार ,२०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ  । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ राखिएको छ ।
बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्ककी श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।
यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड -२०१८ कि (पूर्व नेपाल सुन्दरी ) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।
११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :


प्रकाशित मिति : २०७८ जेष्ठ ४, मंगलवार

धेरै पढिएको

ताजा समाचार