साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो ” सार्वजनिक भएको छ।प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ।
प्रवासमा रहेर पनि नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका मोहन कृष्ण हुमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ।देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहेको छ।गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन ।
मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ।गीतको भिडियोलाई विष्णु विक्रम निरौलाले सम्पादन गरेका हुन।