आज बिहान लमजुङ केन्द्र भएर ५.८ म्याग्नीच्युडको भूकम्पले हालसम्म दर्जनभन्दा बढी घरहरू भत्किएका छन् । भूकम्पले बेशिँसहर नगरपालिका–६ चनौटोको उमा गुरुङ घाइते भएकी छन् । उनलाई बेशिसहरको सामुदाहिक अस्पतालमा उपचारको लागि लगिएको छ ।
लमजुङ मर्स्याङ्दी–३ खुदी तरापुमा बासुदेव खत्रीको घर भत्किएको पत्रकार नविन कुँइकेलले जानकारी दिए । उनका अनुसार मर्स्याङ्दीका पूराना घर र कटेरामा क्षति भएको छ । भूकम्पले सबै भागाभाग भएको उनले बताए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाका अनुसार आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पको धक्का लमजुङलगायत काठमाडौँमा पनि महसुस गरिएको छ । यो भूकम्प २०७२ सालको भूकम्पको पराकम्प हो ।