एनआरएनए स्पेनको पहलमा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोग


एनआरएनए स्पेनले यहाँका विभिन्न भूभागबाट सहयोग संकलन गरी नेपाली दूतावास मार्फत स्पेन सरकारको चार्टर फ्लाइटमा नेपाल पठाएको हो ।


संघको पहिलो सहयोग अन्तर्गत पहिलो चरणमा १७ हजार ६०० सर्जिकल माक्स, सेनिटाइजर, पन्जा तथा चिकित्सकको लागि फेस शिड लगायतका स्वस्थ्य सामाग्री संघका उपाअध्यक्ष उत्तर कुमार राईको नेतृत्वमा एनआरएनए स्पेन क्षेत्रीय समिति मड्रिडका अध्यक्ष सुजिल गोले, सचिव मेघनाथ ढकाल, एनआरएनए पूर्व युरोप उपसंयोजक तथा एनआरएनए स्पेनका पुर्व अध्यक्ष एकराज गिरी लगायतको टीम एअरपोर्टमा नै पुगेर स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो ।


संकलित सहयोग सामाग्री एनआरएनए स्पेन, क्षेत्रीय समितिहरू भएका क्षेत्रहरू क्रमशस् म्याड्रिड, कोस्टाब्लान्का, पाईसभास्को, ग्रान कानारिया, बार्सिलोना लगायतका स्थानबाट संकलन गरिएको थियो।

जन्मभूमि नेपाल र नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आफ्नै पीडा सम्झी सहयोगमा तत्परता देखाउँदै स्पेनिश सरकारसँग सहयोगको अपिल गरी लगभग १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहित स्पेनिश सहयोग नियोग (AECID)का निर्देशक म्याग्डी मार्टिनेज सोलिमान सहितको टीम सहित स्पेनका लागि महामहिम राजदुत दावाफुटी शेर्पा आइवेरिया एयरलाइन्सको चार्टर फ्लाईट मार्फत सहयोग हस्तान्तरणको लागि आज नेपाल आएकाछन्। दूतावास स्रोतका अनुसार स्पेन सरकारको सहयोग अन्तर्गत १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि आवश्यक पाटपुर्जा, १ लाख पचिस हजार एन्टिजेन टेस्ट किट, १ लाख ४४ हजार मास्क लगायत रहेका छ।
सुन्दर रानाभाट
प्रवक्ता
गैह्र आवसीय नेपाली संघ स्पेन।


प्रकाशित मिति : २०७८ जेष्ठ ६, बिहीबार

धेरै पढिएको

ताजा समाचार