३ दशक देखी हराएका लोक बहादुर घर फर्किए


तनहुँ बन्दिपुरका एक पूरुष झण्डैं ३ दशक पछि घर फर्किनु भएको छ ।
बन्दिपुर गाउँपालिका–६, धरमपानी बागेका लोक बहादुर गुरुङ विगत १२ बर्षको सानो उमेर देखि हराएका उहाँ ४२ बर्षको उमेरमा घर फर्कनु भएको हो ।
काठमाण्डौको कमलपोखरी स्थित सडक छेउमा बोराले बारेर घर जस्तो बनाई वेवारिसे अबस्थामा बसिरहेको गुरुङ्गलाई समाजसेवी अनसुल लोहोनीले भेटेर उनको ठेगाना सहित काठमाडौंबाट सामाजिक संजाल फेसबुकमा तस्वीर सहित विवरण पोष्ट गर्नु भएको थियो ।सामाजिक संजालमा पोष्ट गरेको केही समयपछि उहाँको ठेगान पहिचान भएपछि राष्ट्रीय युवा संघ नेपाल तनहुँ बन्दिपुर गाउँपालिकाका सह संयोजक अमिर गुरुङ र भानुका पत्रकार मनोज कुमार श्रेष्ठले तत्काल लोहोनीको अभियनलाई साथ दिदै उहाँलाई घर फर्काएर गाउँपालिका उपाध्यक्ष करुण गुरुङ जिम्मा लगाएर परिवारसँग भेटाउन सफल भएको पत्रकार श्रेष्ठले भानु खबरलाई जानकारी दिनुभयो ।


प्रकाशित मिति : २०७८ जेष्ठ ७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार