पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ।नेपाल बाट नै अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको फाउन्डेसन हो,इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’।विभिन्न समयमा नेपालमा रहेका करिव ८ हजार भुटानी शरणार्थीलाई यो फाउन्डेसनले राहत वितरण गर्दै आएको छ।
डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले यो पटक शिविरमा मास्क र सेनिटाइजर वितरण गर्न फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक अभिनेता दिलिप राइमाझि,फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानिया लगायतको टिम अघिल्लो साता शिवरमा आएका थिए।सोहि बेलामा शिविरमा खाद्यान्नको अभाव पनि महसुस गरेपछि फाउन्डेसनको टिम पुन राहत लिएर शिविर पुगेको हो।फाउन्डेसनका गुडविल एम्वासेडर रमित ढुंगाना, दिलिप रायामाझी,रुद्र बानिया लगायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो।प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो।अघिल्लो बर्ष पनि यो फाउन्डेसनले करिव १ करोड २४ लाख नगद सहित खाद्यान्न वितरण गरेको थियो। सो राहत वितरणका लागी पनि अभिनेता दिलिप रायमाझी शिविरमा आएका थिए।
यो संगै फाउन्डेसनले शिविरमा रहेका ८० बर्ष काटेका वृद्धवृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका शिविरका व्यक्तिहरुलाई अशक्त भत्ता मासिक रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ।मासिक कति रकम दिने भन्ने निर्णय चाडै फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी र उहाको टिमले निर्णय गर्ने तयारी गरेको छ।
राहत वितरण संगै शिविर प्रतिनिधिहरुले भुटानी शरणार्थीलाई अव नेपाली नागरिकताको माग पनि गरेका छन्।आफुहरु नेपालीको नै सन्तान भएको र लामो समयबाट नेपालमै रहेको र आफुहरु नेपाली नै भएको भन्दै नेपाली नागरिताको माग सहितको ज्ञापन पत्र अभिनेता रमित ढुंगाना मार्फत नेपाल सरकारलाई बुझाउने भएका हुन्।
अभिनेता ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफुले आवाज उठाउने बताएका छन्। सोहि कार्यक्रममा बोल्दै अभिनेता दिलिप रायमाझीले भुटानी शरणर्थीहरु नेपाली नै भएको र पुर्नवास नभएकाहरुले नेपाली नागरिकता पाउनु पर्नेमा जोड दिएका छन्।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी निरन्तर समाजसेवामा रहेका छन्।नेपाल हुदै अमेरिका सम्म पनि उनि निरन्तर समाजसेवाको काममा खटिरहेका छन्। अमेरिकामा अशक्त र वृद्धवृद्धाका लागि डे केयर र होम केयर सेन्टर आफ्नै नेतृत्वमा संचालन गर्दै आएका छन्।नेपाली कला, साहित्य र भाषा संकृतिको जगेर्नाका लागी पनि अधिकारी निरन्तर खटिरहेका छन्।