देशका कोभिड १९ को महामारीले गर्दा आम नागरिकहरुमा त्रास र भय बढ्दै गएको छ ।
महामारीको भय र त्रासलाई कसरी कम गर्ने , महामारीबाट बच्न के गर्ने र महामारीका भेरियण्टहरु कस्ता कस्ता रहेका छन भन्ने बारेमा धेरै धेरै भन्दा धेरैमा जानकारी पुर्याउने उद्धेश्यले रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले नियमित रुपमा बिशेष कार्यक्रम गर्दै आएको छ ।
नेपालमा कोरोना महामारीको दोसा्रे लहरले देशलाई नै अस्तब्यस्त बनाएपछि रोटरी क्लबले प्रत्येक हप्ताको शनिबार कोरोनाबाट अति प्रभावित भएर अस्पताल पुगेका बिरामीको सेवामा अहोरात्र लागेका बरिष्ठ चिकित्सकसंग छलफल गर्ने गर्ने गरेको छ ।
बितेको चार हप्तमा बरिण्ठ चिकित्सकहरु डा. अनिल भट्राई , डा. बिधाननिधि पौडेल , डा. सन्तकुमार दाश र खेमराज भुसालसंग छलफल भएको छ । रोटरी क्लब अफ काठमाडौ डाउनटाउनमा बरिष्ठ चिकितसकहरु , सुरक्षा निकायका पुर्ब उच्च अधिकारीहरु , बरिष्ठ पत्रकार , न्याय क्षेत्रमा काम गरिसक्नुभएका उच्च तहका ब्यक्तित्वहरु , बरिष्ठ ब्यबसायीहरु , अस्पताल सचालक एवं समाजसेबीहरु लगायत बिभिन्न क्षेत्रका प्रतिष्ठित समाजसेबीहरु आबद्ध रहेका छन ।
देशमा सामान्य अबस्था हुंदा सबै एकै ठाउं बसेर एक अर्काको अनुभब साटासाट गर्ने र समाजसेबामा कसरी भन्दा बढी क्लबलाई सहभागी गराउन सकिन्छ भनेर छलफल हुने गर्दथ्यो र त्यसले एकआपसमा भाइचाराको अभिबृद्धि पनि गर्ने गरेको थियो । तर कोरोना महामारीले त्यसरी बैठक गर्न नदिएपछि संभब भएसम्म महामारीसंग केन्द्रित रहेर बिशेष कार्यक्रम गर्ने र जसमा बिशेषज्ञलाई अतिथि बक्ताको बोलाउने गरिएको क्लबका अध्यक्ष श्याम पराजुलीले जानकारी गराउनुभएको छ ।
नयां नयां भेरिण्ट सहितको कोरोना भाइरसले गर्दा नागरिकहरुलाई थप अफ्ट्यारो पार्देै लगेको छ । यस्तो अबस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न चिकित्सकहरुले सुझाब दिएका छन ।
चिकित्सकहरुले भ्याक्सिन लगाएकाहरुमा निकै कम भन्दा कम जोखिम देखिएकोले सरकारले जसरी हुन्छ भ्याक्सिन ल्याएर आम नागरिकहरुलाई लगाउने काम गर्नुपर्छ भनेका छन । चिकित्सकहरुले अक्सिजनको अभाबमा पनि सक्रमितले ज्यान गुमाउनु परेकोले त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ भनेका छन ।
नेपालमा आज सम्म ५ लाख ५ हजार ६ सय ४३ सक्रमित भएका छन भने कोरोनामुक्त भएका ३ लाख ८३ हजार ६ सय ८४ जना रहेका छन । आज सम्म मृत्यु हुनेको ६ हजार १ सय ५३ जना रहेका छन । पीसिआर परीक्षण नगरेका र अस्पताल नआउदै मृत्यु हुनेको संख्या पनि जोडने हो भने मृत्यु हुनेको संख्या र सक्रमितको संख्या अझै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रोटरी क्लबद्धारा महामारीका बिषयमा बरिष्ठ चिकित्सकसंग बिशेष कार्यक्रम

प्रकाशित मिति : २०७८ जेष्ठ ९, आईतवार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal