एतिखेर विश्व कोरोना महामारीको चपेटामा फसेकोछ। बिशेषगरि छिमेकी रास्ट्र भारतको अवस्था भयावह छ।खुल्ला सिमाना भएको कारण नेपालमा पनि त्यस्को असर देखिन शुरु भैसकेकोछ। देशले दोस्रो लकडाउनको मार खेपिरहेको छ।विशेषत काठमाडौ लगायतका अलि बिकशित सहरहरु पुर्णलकडाउनको अवस्थामा छ।व्यक्ति व्यक्तिको सम्पर्कको कारणले कोरोना भाइरस फैलिने भएकोले पनि यसको नियन्त्रणको लागि लकडाउन अत्याबश्यक र प्रभाबकारी उपाय हो।पुर्वसतर्कताका लागि मास्क लगाउनु सेनिटाइजर प्रयोग गर्नु र सामाजिक दुरि कायम गर्ने लगायत संक्रमण भएमा के कस्ता उपाय घरमा नै बसेर गर्न सकिन्छ भनेर विभिन्न सामाजिक सन्जालमार्फत सरकारी गैरसरकारी संघसस्थाहरुले सन्देश प्रवाह गरिरहेका पनि छ्न।एति हुदाहुदै पनि गत बर्षको भन्दा गम्भीर किसिमको भेरिएन्टहरु देखापरेकोले पनि योपल्टको महामारीमा मृत्युदर उच्च देखिएकोछ।विशेषत शरिरमा अक्सिजनको कमिको कारण यस बर्ष युवाहरु
बढी सन्क्रमित हुने र मृत्यु हुने देखिएकोछ।देशमा भ्याक्सिन भित्रीएको धेरै नभएकोले पनि भ्याक्सिन लगाएकाहरु धेरै छैनन त्यसैले पनि सतर्कता र सजगता नअपनाउने हो भने दृश्य अरु भयाबह हुन सक्छ।
माथि उल्लेख गरिएका समस्याहरुसंग त सबैजसो जानकार नै छन तर यस महामारीको पछाडीका कतिपय यस्ता यथार्थहरु छन जस्को बारेमा धेरै कमलाई मात्र अनुभूति हुन सक्छ।अस्पतालमा अक्सिजन बेड भेन्टिलेटर आइसियुको कमिको समाचार सुन्नुत हाम्रो लागि दैनिकी जस्तै भएको छ।गम्भीर किसिमका सन्क्रमितले भोगिरहेको माथी उल्लेखित समस्या त धरातलमा देखिएकोले सबैजसो जानकार छन तर सन्क्रमित भएर सामान्य अवस्थामा रहेकाहरु पनि शारिरिकभन्दा सामाजिक पीडाबाट गुज्रिरहेको अवस्था छ।बिशेषगरि काठमाडौ लगायत अन्य शहरहरु जहाँ ठूलो संख्यामा मानिसहरु डेरामा बस्ने गरेका छन।अलि हुनेखानेले सुबिधा सम्पन्न घरमा डेरा लिएर बसेका छन भने कोहि एउटा दुइटा या तीनवटासम्म कोठाभाडामा लिएर बाध्यात्मक जिन्दगी बाँचिरहेका छन।यस्तो अवस्थामा परिवारको एक या दुई सदस्य कोरोना सन्क्रमित भएमा आइसोलेशनमा बस्न उनीहरुको लागि सम्भव हुदैन।
त्यस्मा पनि सन्क्रमित भएको खबर पाए पछी वरिपरि बस्ने छरछिमेक र स्वयम घरबेटीले पनि सन्क्रमित प्रीत देखाएको अमानविय ब्यबहारले सन्क्रमित झनै मानसिक पीडाबाट गुज्रीन बाध्य हुन्छन।दैनिक ज्यालादरी गरेर खाने श्रमिकबर्गहरुको चुल्हो त महामारीको हुरिले निभिसकेको छ भन्दा गलत नहोला।हाम्रो वरिपरि सबैको पेट भरिएको र यो लकडाउनलाई छुट्टि मनाउने अवसरको रुपमा लिनेहरुको जमात देखेर पनि हामिलाइ सबै चिजहरु स्वभाविक जस्तो लागेको हुनसक्छ तर बास्तनिकतामा परिदृश्य ठिक बिपरित छ।सुत्केरी बृद्दबृद्दा शारिरिक दुर्बलता अनाथ बालबालिका श्रमिक तथा अति नै निम्नबर्गका व्यक्ति यस महामारीबाट गम्भीर किसिमले पिडित भएका छन।
हुनत सरकारी सम्यन्त्रहरुको पहुच यस वर्गहरु सम्म नपुगे पनि केही सहृदयी र निजि संघ सस्थामार्फत सहयोग पुर्याउने प्रयासहरु भइरहेका छन।समस्याको गम्भिरता र त्यस्को दायरा हेर्दा यी प्रयासहरु पर्याप्त छैनन।यी अल्पकालिन प्रयासहरु हुन।
सुन्नमा आए अनुसार दूधले मात्र पेटभरिने नाबालकहरु दूधको अभावमा खालि पेट निदाउन नसकेको र शारिरिक दुर्बलता छ भने तिनको अभिभावकहरु सन्तानको अवस्थाको कारण मानशिक रोगबाट ग्रशित भएका छन।अब यो अवस्थाले अझ केही समय निरन्तरता पाउने हो भने डिप्रेशनका कारण आत्महत्या जस्ता गम्भिर दुर्घटनाका समाचार एउटा दैनिकी नै बन्न सक्छ।पहिलो लहरबाट नै अनुभव लिएर पुर्वतयारी गरेको भए केही हदसम्म परिस्तिथी अर्कै हुन सक्थ्यो तर त्यस्तो नभएर हामीले अलिकति लापर्वाही र सरकारको अकर्मणयताले आज फेरि एउटा लाचारर बिवशजीवन जिउन बाध्य भएका छौं ।यस्तो विषम परिस्तिथिमा पनि सरकार कुर्सी र शक्तिको जोड घटाउमा अल्झिएको छ।युट्युबर र केही सामाजिक अभियन्ता अनि सहृदयीको प्रयासले कहिलेसम्म देश धानिने हो ?
साधन स्रोत र प्रबिधिको धनी बिश्वकै शक्तिशाली लोकतान्त्रिक देश छिमेकी मुलुक भारत महामारीको दोस्रो लहर थेग्न असफल भएको अवस्था छ भने त्यही गतिमा दोस्रो महामारीले नेपालमा हात खुट्टा फैलायो भने अवस्था कस्तो होला ? एतिखेर हरेक व्यक्ति संघ सस्था सरकारी सम्यन्त्र लगायत सम्पुर्ण भौतिक पुर्वाधारहरु स्कुल कलेज पार्टी कार्यालय पार्टीभेन्युलाई कोभिड अस्पताल आइसोलेशन वार्ड र जहाँ जहाँ जे जे छन जस्ले जे सकिन्छ र जति सकिन्छ सम्पुर्ण शक्तिहरु प्रयोगमा ल्याउन सकेमात्र यो महामारीमाथि बिजय प्राप्त गर्न सकिन्छ।अन्यथा सरकार आफ्नै रमितामा रमाउने र जनतामा म पहिले बाचौ भन्ने सोच हावी भयो र लकडाउनले मात्र समाधान खोज्ने प्रयास गरियो भने शारिरिक रोग भन्दा मानशसक रोगबाट सम्पुर्ण देश ग्रसित हुनेछ।मानविय धर्मको जगेडा मानव जगतबाट मात्र सम्भव हुने भएको हुँदा म होइन सबै बाचौ र बचाउ भन्ने अभियानमा हामी सबै जुट्न अति आवश्यक छ।
उमेश कुमार भट्टराई