रौतहटमा पत्रकारिता पुरस्कार स्थापना


नेपाल पत्रकार महासंघ रौतहट शाखाको तर्फबाट जिल्लामा पहिलोचोटि पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ।शाखाले दुई हप्ता पहिले मृत्यु भएका पत्रकार मनोजकुमार चौधरीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ।शाखाले कोरोना संक्रमणले मृत्युवरण गरेका पत्रकार चौधरीको स्मृतिमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो।

गत वैशाख वैशाख २९मा उपचारको क्रममा पत्रकार चौधरीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत्यु भएको थियो।महासंघको रौतहट शाखाले उक्त पत्रकारिता पुरस्कार हरेक वैशाख २९ कै दिन वितरण गर्ने जनाएको छ। २५ हजार रुपैयाको उक्त पत्रकारिता पुरस्कारको स्थापना चौधरीका घरपरिवारको सल्लाहमा गरिएको महासंघले जनाएको छ।

गरुडामा रेडियो मधेस मसला एफएमका सञ्चालक तथा स्टेशन म्यानेजर रहेका पत्रकार चौधरी अन्य विभिन्न संघसंस्थामा पनि आबद्ध थिए।जिल्लामा एकजना क्रियाशाील संचारकर्मीको यादलाई अमरत्व प्रदान गर्न पुरस्कार स्थापना गरिएको शाखा सचिव मदन ठाकुरले जानकारी गराएका छन्।


प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार

धेरै पढिएको

ताजा समाचार